Erani Mahal
गुल्मीमा ५ हजार बढी नयाँ मतदाता थपिए
Gulmi-matadata
गुल्मी - गुल्मीमा पछिल्लो पटक ५ हजार बढि मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा कार्य असार १९ गतेसम्म चलेको थियो । यो अवधिमा जिल्लामा ५ हजार २१९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय गरी दुई स्थानमा भएको नामावली संकलनको काम गरेको थियोे । पुरुष २ हजार ७ सय ७० महिला २ हजार ४ सय ४९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताउनुभयाे । यो अवधिमा जिल्ला बाहिरका ५९ नयाँ मतदाताको नाम संकलन भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन २ लाख २४ लाख २ सय ७६ रहेका थिए । जसमध्ये पुरुष १ लाख १० हजार ५९, महिला १ लाख १४ हजार २१५ र अन्य २ जना थिए । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा अब मतदाताको अनुमानित संख्या २ लाख २९ हजार ४९५ पुगेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update