Erani Mahal
पाल्पामा निःशुल्क कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन
166062831920220815_130022
पाल्पा–तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सञ्चालन गरेको हो । तालिमको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । तालिमको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गर्नुभएकने छ । उहाँले आर्थिक रुपमा मजबुद र परिष्कृत बन्नका लागि तालिम सहयोगी बन्ने भन्दै तालिमको सहि सदुपयोग गरी व्यवसायिक बन्नुपर्नेमा बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले नगर सरकारले व्यवसायिक सीपलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताउनुभयो । उहाँले देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको आर्थिक अवस्था सुधार हुन नसकेकाले आर्थिक उपार्जनसँग जोड्ने कार्यक्रमलाई नगर सरकारले प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले तालिममा सिकेका कुराहरुलाई स्वदेशमै प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले समय र लगानीलाई सहि सदुपयोग गर्न सके व्यवसायिक बन्न सकिने बताउनुभयो । कार्यक्रममा पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसाय संघका महासचिव लक्ष्मण बस्याल, पाल्पा व्यापार संघका सदस्य बालकृष्ण भण्डारी लगायतले सीप सिकेर व्यवसायिक बन्न तालिममा सहभागीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै इन्ष्टिच्यूटका संयोजक कमल प्रसाद भट्टराईले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक वर्ष सिटीभिटी र स्थानीय सरकारको सहयोगमा सीपमूलक तालिमहरु सञ्चालन गरिदै आइएकोे बताउनुभयो । उहाँले प्रोफेशनल कुक लेवर टु को तालिम १६ सय ९६ घण्टाको हुने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update