Erani Mahal
बुटवलको होटलमा युवा–युवती मृत फेला
death
बुटवल – रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्। ‘युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ । श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।’ प्रहरी निरीक्षक घिमिरेले भन्नुभयाे–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’ तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताउनुभयाे । उहाँका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए । उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update