Erani Mahal
आज दिउँसो केही स्थानमा भारी वर्षाको सम्भावना
1577780170mausam_newskarobar-1024x620 (1)
काठमाण्डौं - आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update