Erani Mahal
पाल्पामा सोमप्रसाद पाण्डेयले जोगाउलान् वर्चश्व ?
palpa_som_pande_svmDdOWO4o
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुने निधो भएसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावी जोड–घटाउ गर्न थालेका छन् । प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा २०७४ मा भएको निर्वाचनमा दुवै क्षेत्र एमालेले जितेको थियो । क्षेत्र नम्बर १ बाट एमालेका दल बहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय प्रतिनिधिसभामा निर्वाचित हुनुभएका थियो । अहिले परिस्थिति केही बदलिएको छ । त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा एमालेले दुवै सिटमा जित हासिल गरेको थियो । तर अहिले एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी मात्र होइन, माओवादी, नेपाली काँग्रेससहितको गठबन्धन एमालेका लागि ठुलो चुनौती बन्ने देखिएको छ । पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सोमप्रसाद पाण्डेय अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । उहाँ सोही पार्टीबाट गठबन्धनका उम्मेदवारका रुपमा प्रतिनिधिसभा निर्वाचनमा उत्रने तयारी गरिरहनु भएको छ । एकातिर पार्टी विभाजन भएको अवस्था र अर्कोतिर पाँच दलीय गठबन्धन एकजुट भएको परिस्थिति नेकपा एमालेका लागि प्रतिकुल हुने देखिन्छ । पाल्पा क्षेत्र नम्बर १ः अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित एमालेका दलबहादुर राना फेरि उम्मेदवार बन्ने तरखरमा हुनुहुन्छ । एमालेबाटै राधाकृष्ण कँडेल, प्रदेशसभा सदस्य नारायण आचार्य पनि उम्मेदवारका आकांक्षी रहनुभएको छ । राधाकृष्ण २०७० को संविधानसभा निर्वाचनमा एमालेबाट विजयी हुनुभएका थियो । उहाँ अहिले एमालेको लुम्बिनी प्रदेश इन्जार्जसमेत रहनुभएको छ । यस्तै, आचार्य सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) बाट निर्वाचित हुनुभएको थियो । उहाँ एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हो । त्यसकारण पाल्पा क्षेत्र नम्बर १ बाट एमालेलाई उम्मेदवार छान्न कठिन देखिन्छ । यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका काँग्रेसका विजयराज घिमिरे अस्वस्थ रहनुभएको छ । उहाँ दोहो¥याएर उम्मेदवार बन्ने सम्भावना कम छ । काँग्रेसबाटै ज्ञान बहादुर गाहा र देवराज ढकालको पनि चर्चा रहेको छ । गाहा नेपाली काँग्रेसको पाल्पा जिल्ला उपसभापति हो भने ढकाल पनि पार्टीको पूर्व जिल्ला उपसभापति हो । पाल्पा क्षेत्र नम्बर २ः यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा सोमप्रसाद पाण्डेय निर्वाचित हुनुभएको थियो । एमालेबाट निर्वाचित उहाँ अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा निर्वाचित उहाँलाई आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको सहयोग मिल्ने भएको छ । उता, एमालेबाट जिल्ला इन्चार्ज ठाकुर गैरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीइओ इन्जिनियर सुशील ज्ञवालीको नाम चर्चामा छ । युवा नेता गैरेले आफू कार्यकर्तामाझ भिजेका कारण चुनाव जित्न सहज हुने भन्दै लबिङ गरिरहेनु भएको छन् भने ज्ञवालीले पनि विकासका योजनामा आफू जोडिएकाले टिकट पाएमा जित्ने दाबी गर्दै आउनु भएको छ । यता नेपाली काँग्रेसबाट वीरबहादुर राना, हरि प्रसाद नेपाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालको नाम चर्चामा छ । राना पार्टीका निवर्तमान जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेशको सिंचाई मन्त्री हो भने नेपाल यसअघि सोमप्रसाद पाण्डेयसँग पराजित भएका नेता हो । यद्यपि यो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डेय उम्मेदवार बन्ने र प्रदेशसभातर्फका दुई सिटमा एउटा माओवादी केन्द्रले र अर्को सिट नेपाली काँग्रेसले लिने गरी उम्मेदवारको टुंगो लाग्न सक्ने जानकारहरु बताउँछन् । यस्तो छ अंकगणित २०७४ सालको निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा ३२ हजार ५४९ मत ल्याएर दल बहादुर राना विजयी हुनुभएको थियो । भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३ मत प्राप्त गर्नु भएको थियो । २०७४ मा पाल्पाको क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले ३४ हजार ८९९ मत ल्याउँदै काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरेका थिए । नेपालले २४ हजार ५५४ मत प्राप्त गर्नु भएकने थियो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पा १ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएको छ भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २७ हजार १५० मत पाएको थियो । यस्तै, माओवादीका वडा अध्यक्षका उम्मेदवारले एक हजार १६४ मत पाएको थियो । पाल्पा २ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३० हजार ५३६ मत पाएको छ भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २९ हजार ०३९ मत पाएको थियो । यहाँ माओवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४ हजार ३१३ मत र नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४३३ मत पाएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update