Erani Mahal
पाल्पाका नासुहरुले तलब वृद्धिमा विभेद गरिएको भन्दै आन्दोलित
1660109075palpa_(1)
पाल्पा– जिल्लाका नायव सुब्बाहरुले तलब वृद्धिमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययन बिनानै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलबकोे विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पाका सुब्बा सरहका कर्मचारी समेत आन्दोलनमा उत्रिएका छन् । पाल्पाका नायव सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा मंगलबार १ घण्टासम्म धर्ना बसेका थिए । नासु सरहका कर्मचारीहरुलाई १५ प्रतिशत वा सो भन्दा माथिका कर्मचारीहरुलाई २६ प्रतिशतसम्म तलब वृद्धिको तयारी भईरहेको अवस्थामा सो कार्यको विरोध गर्दै पाल्पाका नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका हुन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पाल्पा, नेपाल निजामती कर्मचारी संगठन पाल्पा, नेपाल निजामती कर्मचारी युनियन पाल्पा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती पाल्पामा आवद्ध सयौं नायव सुब्बाहरु असमान तलव व्यवस्थाको खारेज गर्दै बजेटमा प्रस्तुत समान हैसियतमा तलब कायम हुनुपर्ने माग राखेका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष मनोज आचार्य, कर्मचारी संगठन पाल्पाका अध्यक्ष युवराज ज्ञवाली, कर्मचारी युनियनका अध्यक्ष रवी अर्याल र कर्मचारी संगठन निजामती पाल्पाका अध्यक्ष श्रीराम रावलले अर्थमन्त्रीले असमान तलब व्यवस्था खारेज नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । मंगलबार हामीले एक घण्टा मात्र धर्ना दिएका छौ भोलिका दिनमा कार्यालयको सबै काम काज ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिने कर्मचारी संघ, संगठन तथा युनियनका नेताहरुले चेतावनी दिएका छन् । निजामती ऐनमा खरिदार र अधिकृतहरुका लागि माथिल्लो पदमा प्रतिस्पर्धाको आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको तर नासुहरुलाई नराखिएकाले सच्चाउनु पर्ने माग गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update