Erani Mahal
पाल्पाका जनप्रतिनिधिलाई पाल्पाली समाजको स्वागत
palpali samaj (1)
पाल्पाका नवनिर्वाचित जनप्रतिनिधिलाई पाल्पाली समाज पोखराले स्वागत सम्मान गरेको छ ।तानसेन नगरपालिकासहित रम्भा, माथागढी, बगनासकाली, तिनाउ गाउँपालिकाका प्रमुख÷उपप्रमुख एवं अध्यक्ष÷उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षलाई समाजले पोखरामा एक समारोहबीच स्वागत तथा सम्मान गरेको हो । सिद्धार्थ आर्थिक करिडोर विषयमा आयोजित गोष्ठीमा भाग लिन आएका बखत समाजले उनीहरुलाई स्वागत तथा भेटघाट गर्दै सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा पाल्पाको पर्यटन प्रवद्र्धन लगायत विविध क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनप्रतिनिधिले गरेका छन् । साथै समाजको पहलमा पोखराको न्यूरोडमा संचालन हुन लागेको पाल्पा हाउसमा पालिका प्रमुखहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएको समाजका अध्यक्ष रेशम रचकले जानकारी दिए । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, माथागढी गाउँपालिका अध्यक्ष याम चिदी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा हाउसका अध्यक्ष एवं समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए । समाजका द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव संजय आत्रेय र स्वागत तृतीय उपाध्यक्ष अनन्त अधिकारीले गरेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update