Erani Mahal
रामपुर साहित्यिक प्रतिष्ठानकाे नियमित रचना बाचन आपचौरमा
sahite
पाल्पा - रामपुर साहित्यिक प्रतिष्ठानले नियमित रचना बाचन कार्यक्रम आपचौरमा गरेको छ । रामपुर नगरपालिका वडा न ८ आपचौर शिव दुर्गा मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्यले बोल्दै देशमा भएका बिकृति बिसङ्गति, राजनिति फोहोरी खेलको द्वन्द हुँदै गएकोमा साहित्य मार्फत चिरफार गर्ने सन्देश दिएको बताउनुभयो । गंगा माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरनारायण अर्याल, कृष्ण पौडेलले बोल्दै साहित्य समाजको दर्पण भएको बताउनुभयो । ५० जनाको उपस्थिति रहेको रचना बाचन कार्यक्रममा सहभागी २३ जनाले गजल, मुक्तक, कविता, भावना, गित श्लोक भजन लगायतका रचना बाचन गरेका थिए । रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा शिव दुर्गा मन्दिरमा भएको कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका सचिब दिपकमणि अर्यालले स्वागत गर्नुभएको थियो । साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष हुमा देबकोटाले धन्यबाद व्यक्त गर्नुभएको रचना बाचन कार्यक्रमको संचालन मुक्तक मन्च रामपुरका उपाध्यक्ष समीर पौडेलले गर्नु भएको हो ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update