Erani Mahal
पाल्पाकाे बालमन्दिर प्राथमिक विद्यालयको अभिभावकसगं अन्तरक्रिया कार्यक्रम सम्पन्न
297279975_1008349046523004_4964061581383279928_n
पाल्पा – जिल्लाको तानसेनमा अवस्थित बालमन्दिर प्राथमिक विद्यालयको अभिभावक र सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री सिकाई वातावरणको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले बालबालिकाको सिकाईका लागि बालमन्दिर प्राविले गरेको प्रयास प्रती आफुहरु सन्तुष्ट रहेको बताउँदै विद्यालयमा पारिवारिक वातावरण रहेको भन्दै शिक्षण प्रति अभिभावक सन्तुष्टि हुदैँ उहाँहरुले सबै शिक्षकहरु महिलाहरुनै रहेका कारण साना बच्चाहरुलाई राम्रो ख्याल राख्ने भएको हुदाँ पनि पछिल्लो समय यसको लोकप्रियता बढदैँ गईरहेको छ । बाल मन्दिरमा बालबालिका र अभिभावक दुवैको रोजाईमा पर्न सफल रहेको छ । तानसेनमा रहेको बाल मन्दिर प्राविले शीशु कक्षादेखि तीन कक्षासम्म अध्ययन अध्यापन गराउने गरेको छ । अहिले बालमन्दिर प्राविमा झण्डै २ सय बालबालिकाहरु अध्यन गरिरहेका छ्न । अध्यानका लागि पाँच जना शिक्षिका र दुइ जना सहयोगी कर्मचारी रहेका छन् । पारिवारिक वातावरणमा खेल्दै सिक्न पाउने कतनवरण रहेका कारण यस विद्यालयमा अभिभावक र विधार्थीको आर्कषण बढदो छ । यस बाल मन्दिरमा पढाईका लागि आउने बालबालिकालाई विधालयले आफै स्वच्छ पकाएको खाजा दिने हुँदा पनि बालबालिका विद्यालयमा आउन र पढनका लागि खुशी हुन्छ्न । अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा समस्याको रुपमा देखिको बालबालिकाको मोबाइल प्रतिको रुचि र आकर्षणले पढाई प्रतिको बेरुची र समस्या बढेकोमा अभिभावक चिन्तित हुदैँ सामाधानका लागि गम्भीर छलफल हुनु अवश्यक देखिएको छ । विद्यालयको भौतिक र व्यवस्थापनको पाटो भने केही कमजोरी देखिएता पनि समग्रमा राम्रो वातावरण रहेको बताउँदै अन्तरक्रिया कार्याक्रममा सहभागी अभिभावकहरुले बताएका छ्न । पाल्पा दरबार संग्राहलयको छेउमा रहेको बालमन्दिर प्राविको खेल मैदान, खेल सामग्री र शैक्षिक सामग्री व्यवस्थापनको पाटोलाई थोरै मात्र सुधार गर्न सकियो भने पनि बालबालिकाको सिकाईमा अझ राम्रो प्रभाव र सिकाईमा गुणस्तर वृद्धि गर्न सकिनेमा अभिभावकहरुको जोड रहेको छ । कार्यक्रममा बोल्दै बाल मन्दिर प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अर्यालले विद्यालयको भौतिक पुर्वाधार र पढाईको वातावरण व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आफू र आफ्नो समिति गम्भीरताका साथ लागि परेको भन्दै छिट्टै यसमा राम्रो सुधार हुने उहाँले बताउनुभयो । कार्यक्रममा अभिभावकहरुले उठाएको जिज्ञासाहरुको सम्बोधन गर्दै विद्यालका प्रधानाध्यापक पार्वती पौड्यालले विद्यालमा सिकाईका क्रममा देखिएका कमिकमजोरीहरुलाई सुधार गर्दै, गराउदै बालबालिकाको पुर्ण सिकाईको लागि आफुले सकेको प्रयत्न गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो । कार्यक्रममा शिक्षक अभिभावक सघंका अध्यक्ष हुमा सुर्यवंशीको अध्यक्षतामा भएको थियो । भने शिक्षिका ममता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update