Erani Mahal
गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
accident2019-04-05
गुल्मी - गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् । अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update