Erani Mahal
दिल बहादुरको एकल लगानीमा राधाकृष्ण मन्दिर निर्माण
298065541_1353747788486849_8417601311298620889_n
होम राई मगर,पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाराकुला,पाल्पामा राधाकृष्ण मन्दिर निर्माणकार्य सम्पन्न भएको छ । सोही ठाउँ निबासी ७८ वर्षीय दिल बहादुर मश्राङ्गीले उक्त मन्दिर निर्माण गर्नुभएको हो । भारतीय सेनामा भूतपूर्व सैनिक समेत रहेका मश्राङ्गीले आफ्नो एकल लगानीमा करीब २ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरेको हो । मश्राङ्गीले आफु पल्टनमा रहँदा नै राधाकृष्ण मन्दिर निर्माण गर्ने सोच रहेको र उक्त सोच अहिले आएर पुरा भएकोमा खुशी व्यक्त गर्नुभएको छ । निर्माण गरिएको मन्दिर वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्नु हुदै वडाध्यक्ष सुनारीले वर्तमान समयमा भौतिकबादमा विश्वास गर्नेहरुले समेत यस तर्फ क्रमशः विश्वास गरेको बताउनु हुदै समाजसेवी मश्राङ्गीको योगदान बारे बोल्नुभएको थियो । दैनिक जसो सामाजिक कार्यमा बिताउनु हुने मश्राङ्गीले प्रत्येक बिहान घर नजिक रहेको धारा,कुवा समेत सफा गर्नुहुन्छ । जुन सात्दोबाट र पाराकुला गाउँका ६९ घरधुरीले पानी उपभोग गर्ने गर्छन् ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update