Erani Mahal
पाल्‍पाको तानसेेनमा  खुल्याे जेसीबीको सेवा केन्द्र !
news_1659624576
पाल्‍पा- जेसीबीको सेवा केन्द्र पाल्पाको तानसेनमा पनि सञ्चालनमा आएको छ । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विहीबारदेखि तानसेनको भिमसेन टोलमा आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) सुरु गरेको हो ।विगत लामो समयदेखि पाल्पामा एमएडब्लुको मोटरसाईकल तथा स्कुटरको आधिकारी बिक्रेताको रुपमा आफुलाई अब्बल सावित गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले ज्ञानेन्द्र अर्थमुभर्स प्रालिको रुपमा जेसीबीको आधिकारिक सेवा केन्द्रको स्वीकृत पाएको छ । एमएडब्लु अर्थमुभर्स प्रालिले ज्ञानेन्द्र अर्थमुभर्सलाई एक औपचारिक कार्यक्रमका बिच जेसीबीको आधिकारिक सेवा केन्द्रको स्वीकृत प्रमाण पत्र हस्तान्तरण गरेको छ । एमएडब्लु अर्थमुभर्स प्रालिका सिइओ गोपाल कुमार अग्रवालले ज्ञानेन्द्र अर्थमुभर्सका सञ्चालक ज्ञानेन्द्र काजी शाक्य र विरेन्द्र काजी शाक्यलाई स्वीकृत प्रमाण पत्र हस्तान्तरण गर्नुभयाे । प्रमाण पत्र हस्तान्तरणसँगै सेवा केन्द्रको उद्घाटन समेत गरिएको छ । ज्ञानेन्द्र अटो वक्र्स रहेको कार्यालय नजिक नै अर्थमुभर्स प्रालिको कार्यालय उद्घाटन गरिएको हो । सेवा केन्द्रको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले जेसीबी मेसिनका सेवाका लागि बुटलव, भैरहवा, काठमाडौं जानुपर्ने बाध्यतालाई ज्ञानेन्द्र अर्थमुभर्सले पुरा गर्ने विश्वास व्यक्त गगर्नुभयाे । उहाँले घरदैलोमा आएको सेवालाई सबैले उपयोग गर्न समेत आग्रह गर्नुभयाे । एमएडब्लु अर्थमुभर्स प्रालिका सिइओ गोपाल कुमार अग्रवालले जेसीबीप्रतिको जनविश्वास बढ्दै गएकाले सबै स्थान र क्षेत्रमा सेवा विस्तार गर्दै आइएको बताउनुभयाे । ज्ञानेन्द्र अटोसँगको ३५ वर्षे लामो यात्रामा व्यवसायी प्रति देखाएको विश्वसनियताकै कारण कम्पनीले जेसीबीको आधिकारी सेवा केन्द्रका रुपमा स्वीकृती दिएको उनले बताउनुभयाे । ग्राहकहरुको आवश्यकता र चाहाना अनुसार कम्पनीले आफ्नो सेवालाई थप विस्तार गर्दै जाने सिइओ अग्रवालले बताउनुभयाे । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, निर्माण व्यवसायी संघ पाल्पाका कार्यवाहक अध्यक्ष बरुण प्रसाद रेग्मी, एमएडब्लु अर्थमुभर्स प्रालिका च्यानल सेल्स हेड कञ्चन सिलवाल लगायतले स्थानीय स्तरमै आएको जेसीबीका सेवाहरुलाई सबैले प्रयोग गर्नु पर्नेमा जोड दिए । उनीहरुले विगतदेखि नै जेसीबीका उत्पादनहरु विश्वासनिय र टिकाउ हुँदै आएको बताउनुभयाे । कार्यक्रममा ज्ञानेन्द्र अर्थमुभर्सका सञ्चालक विरेन्द्र काजीको अध्यक्षता, ज्ञानेन्द्र काजीको स्वागत कला दाहालको सञ्चालनमा कार्यक्रम भएको थियो । सेवा केन्द्रबाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update