Erani Mahal
रामपुर अटो र जीप ठाेक्किदा अटो चालकको मृत्यु
Rampur
पाल्पा- रामपुर नगरपालिका–५, मा शुक्रबार अटो र जिप ठाेक्किदा घाईते भएका अटो चालकको मृत्यु भएको छ । रामपुर-५, सानीअमराईमा अटो र जिप ठोक्कीँदा चालक निस्दी-२, सहलकोटका ४५ वर्षिय चोप बहादुर ढेंगा सहित ४ जना घाईते भएका थिए । ढेंगालाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात युनाईटेड मिसन अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा शुक्रबार साँझ साढे ९ बजे अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । रामपुर बेझाँड बजार बाट विजयपुर तर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरकाे अटाे र तानसेन बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप एक आपसमा ठाेक्किदा चालक ढेंगा संगै अटोमा सवार रामपुर नगरपालिका ३ ओइरेघाटका ३९ वर्षिय सुरेन्द्र थापा क्षेत्री, उहाँको छोरी १० वर्षिय अञ्जली थापा क्षेत्री र १२ वर्षिय पुष्पा थापा क्षेत्री घाईते भएका थिए । घाइतेहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update