Erani Mahal
पाल्पा टेक्निकलले नयाँ विषयमा अध्यापन गराउने !
palpa
पाल्पा– लामो समयदेखि स्वास्थ्य क्षेत्रको प्राविधिक विषयको अध्यापन गराउदै आएको पाल्पा टेक्निकल ईन्स्टिच्युटले जिल्लामा पहिलो पटक थप तीन नयाँ विषयमा अध्यापन गराउने भएको छ । कलेजले यस वर्षदेखि सिटिइभिटिको सम्बन्धमा एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापी बिषयको अध्ययन अध्यापन गराउने कलेजका प्रिन्सिपल त्रिलोचन पौडेलले जानकारी दिनुभयो । एचए र फिजियोथेरापी बिषय पाल्पा जिल्लामै पहिलो पटक संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । पछिल्लो समयमा सरकारले सिएम, अनमी र ल्याव असिस्टिेन्ट लगायतका टिएसलसी लेवलका कार्यक्रम बन्द गरेपछि ईन्स्टिच्युट बिगत २ बर्ष देखि बन्द रहेको थियो । इन्ष्टिच्यूटले यस बर्ष देखि पुन नयाँ बिषयका साथमा फेरी संचालन हुन लागेको प्रिन्सिपल त्रिलोचोन पौडेलले बताउनभयो । ईन्स्टिच्युटमा महिला छात्रावास सहित, अध्याधुनिक ल्याव, सुविधासम्पन्न भवन, अनुभवी तालिम प्राप्त प्रशिक्षकको सुविधाको साथमा नयाँ कार्यक्रमलाई संचालन गर्ने योजना रहेको पौडेलले बताउनुभयो । एच ए, ल्याब टेक्नोलोजी र फिजियोथेरापीको लागि ३६ महिने कोर्स पुरा गर्नुपर्ने छ । ईन्स्टिच्युटमा १२ जनालाई छात्रबृत्तिको ब्यबस्था रहेको छ । २०५२ सालमा स्थापना भएको ईन्स्टिच्युट २०७० सालमा नेपालकै उत्कृष्ठ ईन्स्टिच्युटको रुपमा पुरस्कृत समेत भएको थियो । इन्ष्टिच्यूटमा अहिलेसम्म ४० जना अहेव, १ हजार ८० जना सिएमए, १ हजार जना अनमी, ८ सय जना ल्याव असिस्टेन्टको विद्यार्थीलाई अध्यापन गराएर विभिन्न पेशा व्यवसायमा संलग्न भएको कलेजका लेखा अधिकृत बंकिमचन्द्र खनालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update