Erani Mahal
पाल्पा सहितका पहाडी जिल्लामा ड्रागन फुडकाे खेती !
Dragan
पाल्पा- पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवाका युवा सन्दीप अधिकारीले ड्रागन खेती गर्न थालेको एक वर्ष भयो । आम्दानी सुरु भएको छैन । विरुवा हुर्केर फुल्न थालेका छन् । परीक्षणका लागि २ सय बोटबाट सुरु गरिएको खेती अहिले जिल्लामा सफल भएको छ । इन्टरनेट र सामाजिक सञ्जालमार्फत खेती गर्ने तरिका सिक्नुभएकाे थियाे । यस वर्ष आफैं केही विरुवा पनि तयार गरेका छन् । ‘मैले परीक्षणका लागि लगाएको थिएँ,’ उहाँले भन्नुभयाे, ‘जे सोचेको थिएँ । त्यसभन्दा धेरै राम्रो हुँदै गएको छ ।’ ड्रागन अहिले सेतो र रातो फूल फुलेको छ । बजारमा रातो महँगोमा बिक्री हुन्छ । सेतोको भाउ त्यति राम्रो छैन । उनी पहाडमा सफल होला कि नहोला भन्नेमा थिए । तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, ग्रामीण आर्थिक विकास संघबाट उनले विरुवा सहयोग पाएका हुन् । ‘विदेश जानेभन्दा पनि नयाँ जातका खेती गर्ने रहर जाग्यो,’ उहाँले भने, ‘यही क्रममा सहयोगी संस्था पनि भेटियो ।’ विरुवा खरिद गर्न पनि सेतो र रातोको फरक मूल्य छ । सेतो २ सयदेखि ३ सय र रातो ३ देखि ५ सय रुपैयाँ प्रतिबिरुवा मूल्य पर्छ । उहाँले ड्रागनसँगै लहरेआँप पनि लगाउनुभएकाे छ । संघसंस्थाको पहलमा सस्तो व्याजदरमा ऋण समेत लिएर काम अगाडि बढाएका छन् । तिनाउ–१ कचलका युवा टेकबहादुर रास्कोटीले पनि १ हजार बढी ड्रागनका विरुवा लगाउनुभएकाे छ । ८ सय विरुवा अहिले फुल्ने क्रममा छन् । पहिलो लट फल्यो । पाकेको फल कचल गाउँका बासिन्दालाई चखाएको रास्कोटीले बताउनुभयाे । ‘गत वर्ष तीन सय पिलरमा १ हजार विरुवा लगाएको थिएँ,’ १५ वर्षजति डोजर अपरेटर भएर काम गरेका उनले भने, ‘आफैं केही काम गरौं भनेर नयाँ जातको खेती लगाएको हो ।’ पहिलो लट गाउँमै ४ सय रुपैयाँ किलोमा बिक्री गरेको उनले सुनाउनुभयाे । उहाँले लटलटमा ड्रागनको विरुवा लगाएका छन् । चौतारी कृषि समूह गठन गरेर अघि बढेका रास्कोटीले यसपटक आफैंले ५ सय बढी विरुवा बनाएका छन् । ‘हेर्दा सिउँडीजस्तै देखेर धेरै गाउँले अचम्म पनि परे,’ उनले भने, ‘पछि फुलेर फलेपछि भने अहिले सबैले राम्रो मानेका छन् ।’ दाङका अगुवा किसान लोकेन्द्र विष्टको ड्रागन खेतीले उहाँलाई यता डोर्‍याएको हो । त्यहाँबाट सेतो विरुवा ल्याएका हुन् । झापाबाट ल्याएको रातोको विरुवा अब फल्ने क्रममा छन् । ‘यो खेतीका लागि पहिला अध्ययन नै गरें,’ उहाँले भन्नुभयाे, ‘परीक्षणका रूपमा सुरुमा केही विरुवा लगाएँ । त्यसपछि बल्ल अरू विरुवा लगाएर व्यावसायिक खेती सुरु गरेको हुँ  । यस सम्बन्धि समाचार माधव अर्यालले कान्तिपुरमा लेख्नुभएकाे छ। पछिल्लो समय पहाडी जिल्लामा ड्रागन फलको व्यावसायिक खेती फस्टाएको छ । पहाडी जिल्लाका विभिन्न समथर फाँट र पाखोबारीमा समेत अहिले किसानले यसको खेती विस्तार गरेका छन् । पहाडी जिल्ला प्यूठान, अर्घाखाँची, पाल्पासँगै दाङमा अहिले ड्रागनको खेती भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update