Erani Mahal
के तानसेन खानेपानी आयाेजना, मेलम्ची जस्तै हुने सम्भावना छ ?
water
पाल्पा – २०७३ सालदेखि सुरू भएकाे बृहत तानसेन खानेपानी आयाेजना २०७५ मंसिर महिनाभित्र सम्पन्न हुनुपर्ने हाे । यद्पी याेजना सुरू गरेकाे ७ वर्षमा पनि तानसेनबासीले पानी पिउन पाएका छैनन् । ७ वर्षमा पनि खानेपानी याेजना पूरा हुन सकेकाे छैन । बरू याेजना असफल हुने हाे की भन्ने शंका बढेकाे छ । ३ वर्ष ढिला गरी सम्पन्न भएकाे पहिलो चरणमा निर्माण गरेको इनारबाट स्टमेट अनुसार पानी पम्पिङ् हुन नसकेपछि दोस्रो चरणको कामले खानेपानी आयोजना सम्पन्न गर्न ढिलाई भएको छ । पहिलो चरण अन्तर्गतको तानसेन–१३ बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ् गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो । तर पहिलो चरणमा निर्माण गरेको इनारबाट स्टमेट गरेअनुसारको पानी पम्प हुन सकेकाे छैन । पुन दोस्रो आयोजना अगाडि बढाउँदा तानसेनबासीले कालीगण्डकीको पानी पिउन पाएका छैनन् । तानसेन बासीले तीन वर्षअघि नै पानी पिउन पाउनुपर्ने हाे तर ७ वर्षसम्म पनि याेजना पूरा हुने छाँटकाट छैन । सात महिनाअघि छ वटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाईमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याइएको थियो । तर उक्त स्थानबाट पानी धमिलो आएको र स्टमेट अनुसार पानी नझरेको प्राविधिकको भनाई छ । पहिलो चरणको इनारबाट प्रतिसेकेन्ड ३६ लिटर पानी नझरेकाले दोस्रो चरणमा २०७७ माघ २९ गते पुन इनार र फिल्टर गर्ने ट्याङ्की बनाउन ठेक्का भएको थियो । पहिलो चरणमा कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी आएपछि पर्याप्त पानी नआएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताउनुभयो । दोस्रो चरणको काममा समेत ठेकेदारले मुहानमा फिल्टर ट्याङ्की, पम्पिङ् गर्ने ट्याङ्की बनाउन ढिलाई गरिरहेको छ उहाँले भन्नुभयो । दोस्रो चरणको काम गर्न भिमेश्वर राजेश्वरी र जिएस जेभीले दुई वर्षअघि छ करोड २८ लाख ९३ हजारमा ठेक्का लिएको थियो । तर म्यादभित्र काम नसकेपछि दोस्रो पटक आगामी २०७९ कात्तिक ८ गतेसम्ममा काम सक्ने गरी म्याद थप गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका सब इन्जिनियर योगेन्द्र यादवले बताउनुभयो । उहाँले दोस्रो चरण अन्तर्गतको काममा पानी प्रशोधन ट्याङ्की र रिजर्भ ट्याङ्की बनाएर ८० प्रतिशत काम सकिएको बताउनुभयो । यद्यपी अहिले पनि याे यााेजनाबाट तानसेनबासीले भने अनुसारकाे पानी पिउन पाउँछन् भन्ने ढुक्क छैन । याेजना पूरा भएपनि २५ प्रतिशत मात्रै पानी बतासेमा झर्ने र खर्च अत्याधिक बढ्ने र चल्नै नसक्ने सम्भावना रहेकाे स्राेतकाे भनाइ छ । यसाे भएकाे खण्डमा याे याेजना दाेस्राे मेलम्ची नहाेला भन्न सकिन्न । पहिलो चरणमा छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस र मान्छे कुर्ने घर निर्माणको काम सकिएको छ । यस्तै पाइप बिस्तार, विद्युत् बिस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न रमन मृत सञ्जीवनी जेभी, काठमाडौँसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update