Erani Mahal
खुर्सानीको मूल्य नपाउँदा किसान चिन्तित
296289881_392644932967574_8510211784228304580_n
पाल्पा–पाल्पा जिल्लाको माथागढी गाउँपालिका–४ झडेवा खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार हुदै गएपनि बजारमा किसानले उत्पादन गरेर ल्याएको खुर्सानीले मूल्य पाउन छाडेको छ । केही वर्ष अघिसम्म थोरै मात्र आउने खुर्सानी यस वर्षभने बजारमा अत्याधिक आउन थालेको हो । माथागढी गाउँपालिकाले खुर्सानी पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरे पनि मूल्य नपाउँदा किसान निराश छन् । मालिका देवि कृषि सहकारीका सदस्य चन्द्र बहादुर बरालले हरेक दिन साझ देवगीरमा खुर्सानी बाकेर आउनेको लर्को लाग्ने गरेको जानकारी दिनुभयो । उत्पादन बढेसँगै अघिल्लो वर्ष भन्दा यस वर्षमा झडेवाको सौरेनी, घोर्गोटा, ताल्टुङ, गाट्डाडा, टेकनडाडा, मकले, गोफदी, फचेबास, चित्रेछाप र केराउलीका किसानहरूले दैनिक ५ हजार देखि १३ हजार केजीको हाराहारी बुटवल लगायत अन्य क्षेत्रमा पठाउने गरेको बताउनुभयो । खुर्सानीको उत्पादन बढे पनि मूल्य भने ह्वात्तै घटेपछि किसान निकै चिन्तित बनेका छन् । अघिल्लो वर्षमा सुरू देखि अन्तयसम्म प्रतिकिजी ६० देखि १०० रुपियाँमा बिक्री हुने खुर्सानी यस वर्ष प्रतिकेजी ४० रुपियाँमा बेच्न बाध्य रहेको झडेवाका विष्णु जिसीले बताउनुभयो । उहाँले खुर्सानी उत्पादन बढी भएपछि व्यापारी मिलेर मूल्य घटाएको गुनासो गर्नुभयो । उहाँले अघिल्लो वर्षमा ६० देखि १०० रुपियाँ प्रतिकिलोसम्म बेचेको र अहिले ४० रुपियाँमै दिनुपर्दा निराश भएको बताउनुभयो । माथागढी गाउँपालिका–४, झडेवाका किसान सचिन जि सीले खुर्सानीको मूल्य घट्दै जाँदा उत्पादन लागत उठाउन पनि मुस्किल पर्ने अवस्था आएको गुनासो गर्नुभयो । झडेवामा उत्पादन भएको खुर्सानी बुटवल, काठमाडौँसहितका प्रमुख सहरमा जाने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update