Erani Mahal
रोटरी क्लव अफ पाल्पा लुम्बिनीद्वारा वृक्षारोपण
296323474_2249189695252916_7335150262604824754_n
पाल्पा– रोटरी क्लव अफ पाल्पा लुम्बिनीको बार्षिक कार्यक्रम अनुसार तानसेन नगरपालिका प्रभास क्षेत्रमा आँप लगायत विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरिएको छ । प्राकृतिक सुन्दरतालाई हराभरा बनाउने साथै प्रभास बगैचामा विस्थापित भएका आँपका रुखमा आँपकै बिरुवा लगाई आँप बगैचालाई कायम राख्ने उद्धेश्य अनुरुप एक कार्यक्रमका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ । उक्त कार्यक्रममा क्लबका प्रसिडेन्ट खड्ग ब. जिरेलले रोटरी बर्ष २०२२÷०२३ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गर्न लागेको जानकारी दिनुभयो । वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएको कुरामा जोड दिनुभयो । साथै रापेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट गोपाल ब. पोखरेल, इमिडियट पास्ट प्रेसिडेन्ट तारा रायमाझी पोखरेल, क्लव रोटरियन सदस्यहरु, ता.न.पा ७ का वार्ड अध्यक्ष प्रदिप खनाल, प्रभास टोल विकास संस्थाका सदस्यहरु, नवयूग कृषि सहकारीका कार्यकारी प्रमुख लगायत रोट¥याक क्लव अफ पाल्पा लुम्बिनीका रोट्रयाक्टरहरु साथै स्थानीयहरुको उपस्थिति रहेको क्लबका सेक्रेटरी रोटरियन मुक्तिराम भुसाल र पब्लिक इमेजका डाइरेक्टर रोटरियन भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update