Erani Mahal
रोटरी क्लव पाल्पा लुम्बिनीद्वारा विश्व स्तनपान कार्यक्रम मनायो
lmmmce (1)
पाल्पा– रोटरी क्लव अफ पाल्पा लुम्बिनीले विश्व स्तनपान दिवशको अवसरमा स्तनपान सचेतना कार्यक्रम पाल्पा तानसेन प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा सम्पन्न गरेको छ । रोटरी क्लव अफ पाल्पा लुम्बिनी तथा लुम्बिनी मेडिकल कलेजको संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सुत्केरी आमाले आफ्नो बच्चालाई कसरी स्तनपान गराउदा नवजात शिशुलाई राम्रो हुन्छ, आमाको दुध बच्चालाई अमृत समान हुन्छ भन्ने स्तानपान सम्बन्धी लुम्बिनी मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यक्रममा राख्नुभयो । साथै सुत्केरी अवस्थामा आमाले बच्चालाई कसरी स्याहर सुसार गर्ने र सुत्केरी आमालाई के—कस्ता पौष्टिक आहार को आवश्यकता हुन्छ ? भन्ने जानकारी गराइएको कार्यक्रमका संयोजक क्लवका सर्भिस प्रोजेक्टका डाइरेक्टर रो.शिखा पहारीले ब्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका सुत्केरी आमाहरुलाई क्लवका प्रेसीडेन्ड इलेट रमेश न्यौपाने तथा कार्यक्रमका संयोजक क्लवका सर्भिस प्रोजेक्टका डाइरेक्टर शिखा पहारी ले पौष्टिक आहार वितरण गनुभएको थियो । उक्त कार्यक्रममा रोटरी क्लवका सदस्यहरु, लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा अन्य ब्यक्तिहरुको बाक्लो उपस्तिथी रहेको क्लव पब्लिक इमेजका डाइरेक्टर भक्तिराम न्यौपाने जानकारी गराउनु भयो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update