Erani Mahal
सिद्धार्थ राजमार्गको सडक बीचबाट भासियो
IMG_20220802_164333_076
पाल्पा– सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको मुख्य सडक भासिएको छ । सिद्धार्थ राजमार्गका तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर मिटर बढी सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार विगत चार दिनदेखि केही मात्रामा भासिएको सडक बुधबारदेखि दुई खण्ड हुनेगरी भासिएको हो । सडकको सात मिटर बढी चौडाई भासिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो । उहाँले हालका लागि भासिएको सडकमा माटो भर्दै सवारी पास गरेको र पानी पर्ने क्रम नरोकिए थप सडक भासिएर आवागमन नै बन्द हुने अवस्था पनि आउन सक्ने बताउनुभयो।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update