Erani Mahal
२४ घण्टामा ९ सय १५ जनामा काेराेना सङ्क्रमण
Corona_
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नौ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई जनाको नमुना परीक्षण गर्दा नौ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन सय एक जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा पाँच हजार चार सय ३३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update