Erani Mahal
पाल्पामा अबैध सामान सहित दुई जना पक्राउ
296465502_434951265039379_4081066791585014363_n
पाल्पा – बुटवलबाट पाल्पा तर्फ ल्याउदै गरेको अबैध सामान सहित दुई जना पक्राउ गरेको छ । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा राजश्व छली गरी ल्याएको सामाग्री प्रहरीले बरामद गरेको हो । बिना विलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडी सहित चालक जिल्ला रौतहट डमरिया नगरपालिका ९ का २७ वर्षीय भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार जिल्ला रौतहट दुर्गा भगवती गाउँपालिका ५ का १९ वर्षिय रुपेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुबाट साना ठुला सादा कराई ८० वटा, फेन्सी साना ठुला कराई ७७ वटाको त्यस्तै कसौडी साना ठुला गरी जम्मा १ सय ५२ वटा र पटकुकर साना ठुला गरी जम्मा १ सय २९ वटा बरामद भएको छ । उक्त सामान करिब १ लाख ९७ हजार १ सय रकम बराबरको रहेको प्रहरीको अनुमान छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update