Erani Mahal
पाल्पामा क्रियाशील महिलाहरुको वृहत भेला सम्पन्न
296103963_834706071237543_5075294609458091784_n
पाल्पा–पाल्पा जिल्लाको विभिन्न सघं संस्थामा रहेका क्रियाशील महिलाहरुको वृहत भेला तानसेनमा सम्पन्न भएको छ । भेलामा सहभागि महिलाहरुले समाजको सृतिकर्ता महिला भएकोले समाज परिवर्तनमा महिलाको भुमिका अग्रपंतिमा हुनुपर्ने र महिला एकताको लागि वास्तिवक जनचेतनाको खाचो रहेकोमा जोड दिएका छन् । भेलाले महिला, बालबालिका, युवा जेष्ठ नागरीक, शारिरीक रुपमा अशक्त, दलित, सिमान्तकृत, सामाजिक रुपमा पछाडि परेका वर्गको हकहितको लागि सारथी नेपाल नामक वैधानिक संस्था स्थापना गर्ने निर्णय गरेको छ । भेलाले नारायणी खनालको अध्यक्षतामा ११ सदस्य सहितको समिति समेत गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै माननिय संविधान सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सारथी नेपाल नाम जस्तै यो समाजको विकृति विसंगति चिर्नको लागि जनचेतनाको सारथी बनेर काम गर्नुपर्नेमा बताउनुभयो । उहाँले हजारौ सघंसस्थाको बीचमा अर्को एउटा संस्थाको नाम थपिनको लागि मात्र होइन संस्थालाई समाजको वास्तविक सारथी बनाउनको लागि दरिलो हातेमाले गर्न महिला दिदी बहिनीहरुलाई आग्रह समेत गर्नुभयो । यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्री रमा घर्तीले विभिन्न संघ सस्थामा क्रियासिल पृथक आस्था भएका महिलाहरुले एउटै उद्देश्य लिएर एकबद्ध हुनु निक्कै श्रहानिय भएको बताउनुभयो । उहाँले समाजको विकृति विसंगतिहरुलाई चिर्दै महिला बालबालिका युवा तथा जेष्ठ नागरिकको वकालतमा लाग्ने सारथी नेपालको अभियानमा आफुले सधैसँगै हातेमालो गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग लुम्बिनी प्रदेश सदस्य विष्णुमाया थापाले पछिल्लो समयमा शिक्षा र प्रविधिको विकाससँगै महिला माथि हुने हिसां र दुव्र्यहारमा सारथी नेपाल प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यत्त गर्दै त्यसकोे जनचेतनाको खाचोँ रहेको बताउनुभयो । भेलाले माननिय राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका माननिय मन्त्री रमा घर्ती, तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली सहितको संरक्षक समिति र पुर्व संविधान सभा सदस्य माननिय लिला सोमै, प्रदेश योजना आयोग सदस्य लुम्बिनी प्रदेशका विष्णुमाया थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य द्वय मञ्जु वि.क र लक्ष्मी विश्वकर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक भेषराज सुवेदी सहितको पाँच सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update