Erani Mahal
पाल्पाकाे नमुना विद्यालयमा धमाधम चमेनागृह संचालनमा
296486825_473555100771193_4700918702600305562_n
पाल्पा - जिल्लाका नमुना विद्यालयले धमाधम चमेनागृह क्यान्टिन सन्चालनमा ल्याएका छन् । विद्यालयमा नै स्वस्थ्य र शुलभ मुल्यमा खाना/खाजाको सुबिधा सहितको क्यान्टिन सन्चालनमा ल्याएका हुन् । आवासीय शिक्षण परियोजना अन्तर्गत नेपाल सरकारको बिशेष अनुदानबाट क्यान्टिन बनेको हो । जिल्लाको नमुना रामतुलसी माध्यमिक विद्यालयले सुविधा सम्पन्न चमेनागृह सञ्चालनमा ल्याएको छ । २ सय विद्यार्थी क्षमताको चमेना गृहको लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले उद्घाटन गर्नुभएको छ । दिगो र सफाईयुक्त क्याटिन सन्चालनमा ध्यान दिन आग्रह गर्दै उहाँले विद्यालयको सस्थापक बिद्यार्थी र पहिलो एस एल सी ब्याज भएकोले विद्यालयको प्रगतिमा निकै खुशी लागेको बताउनुभयो । सोही अबसरमा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, विद्यालयका संस्थापक शिक्षक देवराज ढकालले क्यान्टिनमा गुणस्तर र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले खुल्ला टेण्डर मार्फत न्यूनतम मुल्यमा खाजा खुवाउने गरी चमेनागृह सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । चमेनागृहमा बार अनुसारको खाजाको व्यवस्था गरिएको छ । २२ सय बढी विद्यार्थी रहेको यस विद्यालय पुर्वी पाल्पा कै हाइस्कुल हो । यहाँ प्राबिधिक शिक्षा तर्फ ३ बर्षे कृषिबाली बिज्ञान पढाइ हुँदै आएको छ । त्यस्तै, जिल्लाको दमकडा नमुना माध्यमिक विद्यालयले साउन १५ देखि चमेनागृह सञ्चालनमा ल्याएको छ । प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले चमेनागृहको उद्घाटन गर्नुहुदै विद्यार्थी र शिक्षकको लागि गुणस्तरीय खाजा घर सन्चालन गरेपछि स्वस्थता दिने बताउनुभयो । प्रदेश सभा सदस्य नारायण आचार्य, सिर्जना काफ्ले सहितले बोल्नुभएको थियो । विद्यालयमा क्यान्टिन खुले संगै अब विद्यार्थी, शिक्षक, अभिभावकले सुपथ मूल्यमा स्वस्थकर र स्वच्छ खाजा/खाना खान पाउने भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update