Erani Mahal
मनसुन सक्रिय, विभिन्न ठाउँमा भारी वर्षा
1577780170mausam_newskarobar-1024x620 (1)
आज पनि देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update