Erani Mahal
गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता
death
गुल्मी - गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताउनुभयाे । घटनास्थल सुरक्षित राखेको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताउनुभयाे । अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामा खसी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update