Erani Mahal
नेकपा एकिकृत समाजवादी पाल्पाकाे बिस्तारित बैठक तथा प्रशिक्षण
296276443_589441129472060_5182238603583449742_n
पाल्पा- नेकपा (एकिकृत समाजबादी) जिल्ला कमिटि पाल्पाकाे बिस्तारित बैठक तथा प्रशिक्षण शनिबार तानसेनमा सम्पन्न भएको छ । प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज नेकपाएसका सचिव भागवत बिश्वासीले समसामयिक राजनीति, बर्तमान अवस्था र पार्टी नेता तथा कार्यकर्ताको कार्यभारका चर्चा गर्दै अनुसासित नेता र कार्यकर्ताको बलले मात्र पार्टी चलाएमान हुने बताउनु भयो । नेकपा एस लुम्बिनी प्रदेश कमिटि अध्यक्ष , पोलिट्ब्युरो सदस्य सोम प्रसाद पाण्डेले आगामी निर्बाचन र सो को तयारीका बारेमा चर्चा गर्नु भयो । केन्द्रीय कमिटि सदस्य तथा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे , केन्द्रीय कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमा घर्ती, केन्द्रीय कमिटि सदस्य यादव ब. रायमाझी लगायतका नेताहरूको प्रशिक्षणात्मक मन्तब्य राख्नुभएकाे थियाे । बैठकले प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन, जिल्लाको राजनैतिक शक्ति सन्तुलन, पार्टी बिस्तार , जनबर्गीय संगठन, मोर्चा सङ्गठन सुदृढीकरण र प्रशिक्षण सहितको ३ महिने अभियानका बारेमा छलफल गरी तयारी सहितको योजना बनाएको छ । कार्यक्रममा साबिक नेकपा एमाले जिल्ला कमिटि सदस्य सर्बजीत बिक, क्रान्तिकारी माओबादीका अर्जुन परियार र माधव गिरी नेकपा एसमा समहित हुनु भएकोमा माल्यार्पण सहित स्वागत गरिएको थियो । कार्यक्रमको अध्यक्षता - नेकपा एस जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को अध्यक्षता र सञ्चालन सचिव मोहन गैरे र स्वागत उपसचिव कमल सेनले गर्नु भएको प्रचार विभाग संयाेजक पदम गैरेले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update