Erani Mahal
पाल्पाको रिव्दीकोटमा ‘म बनाउँछु रिब्दीकोट’ अभियान सुरु !
296005997_1122505962037783_2442925419245189237_n
पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाले म बनाउँछु रिब्दीकोट अभियान संचालन गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा रिव्दीकोट गाउँपालिकाको विकासमा सबै नागरिकसँग हातेमालो गर्ने उद्देश्यका साथ म बनाउँछु रिब्दीकोट अभियान सुरु भएको हो । अभियानको सुरुवातमा पालिका भवन वरपर सरसफाई कार्याक्रम गरी श्रमदान गरिएको छ । रिव्दीकोट गाउँपालिकामा जिल्लामै पहिलो पटक नमुना कामको सुरुवात भएको छ । गाउँपालिकाले सामुहिक रूपमा काम गर्ने संस्कार र सस्कृतिको विकास गर्न, साना कार्यहरूलाई समुहिक रूपमा सम्पन्न गरी अत्यावश्यक स्थानमा स्रोत तथा साधनको परिचालन गर्न कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । अभियान मार्फत एकता र सहिष्णुतालाई मजबुत बनाउन,स्वयंसेवी भावनाको समेत जागृत गराई पालिकाप्रति जिम्मेवार र गर्व गर्न सक्ने वातावराणको सिर्जना गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेको छ । अभियानको पहिलो दिन गाउँपालिकाको कार्यालयदेखि बतासेसम्म सरसफाइ गरिएको कार्यपालिका सदस्य सुनिल बस्यालले रानीमहललाई जानकारी दिनुभयो । सरसफाइ अभियानमा गाउँपालिकाका पदाधिकारी, राजनीतिक दलतका नेता तथा कार्यकर्ता लगायत स्थानीयको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update