Erani Mahal
पाल्पामा पाँच वर्षकी बालिकालाई यौन दुराचार गरेको आरोपमा बृद्ध पक्राउ
ss
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाको रैनादेवी छहरा–६, जुठापाैवाबट एक जना बृद्ध पुरुषलााई बाल यौन दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीय पाँच वर्षकी बालिकालाई बाल यौन दुरुपयोग गरेका आरोपमा प्रहरीले रैनादेवी छहरा–६, जुठा बस्ने ६२ वर्षका बृद्ध सोमान सिंह बलाललाई पक्राउ गरेको हो । पक्राउ परेका पुरुषले दुई दिनअघि पीडित बालिकाको घरमा पुगेर बालिकालाई यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update