Erani Mahal
पकेट क्षेत्र बनाउन बिरूवा वितरण
zz
पाल्पा - माथागढी १ चिदीपानी वडा कार्यालय र डिभिजन वन कार्यालयको कार्यक्रम चिदीपानीलाइ दालचीनी लप्सी, चिउरी र टिमुरकाे पकेट क्षेत्र बनाउने उद्देश्यका साथ बिरुवाहरु बितरण गरिएको छ । त्यसका लागि चिदीपानीका स्थानीय बासिन्दालाइ दालचिनी, चिउरी, लप्सी टिमुरकाे बिरूवा वितरण गरिएकाे छ । पकेट क्षेत्र निर्माण गर्न चिदीपानीका बासिन्दालाइ विभिन्न जातका पाँच हजार बिरूवा वितरण गरिएकाे कृषि प्राबिधिक खुम बहादुर सुनारीले बताउनुभयो । चिदीपानीका साबिक सबै वडाका बासिन्दालाइ मागअनुसार बिरूवा वितरण गरिएकाे वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयाे । बिरूवा वितरणले यहाँका बासिन्दाकाे आम्दानी बढाउन सहयाेग पुग्ने अध्यक्ष पन्थीले बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update