Erani Mahal
पाल्पाको भुवनपोखरीमा जिप दुर्घटना, ३ जना घाइते, १ जना गम्भीर
jeep-2-accident
पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । गएरातिदेखि नै पानी परिरहेकाले चिफ्लो बाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तानसेनतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update