Erani Mahal
पूर्वखोलामा जिप दुर्घटना
Jeep_accident
पाल्पा – जिल्लाको पूर्वखोला गाउँपालिका वडा न ३ र ५ को सिमाना नजिकै जिप दुर्घटना भएको छ । आर्य– रामपुर सडक खण्डकोे स्याफट चिउरी बोट नजिकै बुधबार यात्रुवहाक जिप दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रुहरु सकुशल रहेको स्थानिय बासीले जानकारी दिएका छन । पूर्वखोला –१ सिलुवा हुँदै तानसेन तिर गैरहेको लु १ ज ३८६८ नम्बरको जिप उकालो बाटो चड्ने क्रममा ब्याक भै बाटोमै पल्टिएको स्थानिय बासीले बताएका छन ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update