Erani Mahal
पाल्पामा ७ जनामा कोरोना पुष्टि
Coronavirus_H
पाल्पा – पाल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार परीक्षण गरिएका ३९ जना मध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर र एन्टिजेन गरी ३९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पिसिआर र एन्टिजेन परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ३ जना, रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० जना पुगेको छ । सोही अवधिमा थप ५ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update