Erani Mahal
गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत
rape-133-jpg_710x400xt-1-1024x577
गुल्मी-गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update