Erani Mahal
दाउन्नेमा बस  दुर्घटना  : पल्टेर आगलागी हुँदा ३१ जना घाइते
Daunne-Bus-Accident-2
बुटवल- नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयाे । सख्त घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना सवार थिए ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update