Erani Mahal
पाल्पा बस दुर्घटना अपडेट : मृतककाे पहिचान बाँकी,  घाइतेहरूकाे खुल्याे (विवरणसहित)
Untitled-1
पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिका –२, लघुवामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी साढे ४ बजेतिर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र चार महिला रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । अहिलेसम्म मृतकको पूर्ण पहिचान हुन नसकेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट एक सय ५० मीटर तल खसेको होे । दुर्घटनामा परी घाइते भएका १६ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बाँकी १४ जनाको अवस्था सामान्य छ । हेर्नुहोस् घाइतेहरुको विवरण :
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update