Erani Mahal
पाल्पाकाे लघुवामा बस दुर्घटना अपडेट : ६ जना यात्रुकाे मृत्यु, १७ घाइते
bus-accident
पाल्पाको लघुमा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु, १७ जना घाइते पाल्पा – जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update