पाल्पा – पाल्पामा एकै दिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१५ जनामा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनका १८ जना, रम्भाका ५, माथागढीका ३, रैनादेवी छहराका २, निस्दी र बगनासकालीका १/१ जना गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जनकारी दिनुभयो ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा गरिएको परीक्षणका क्रममा ३० जना कोरोना सङ्क्रमित देखिएको गिरीले बताउनुभयो ।
पीसीआर परीक्षणमा तीन र एनटिजेन परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा ३० जना सङ्क्रमित भएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९ १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय