Erani Mahal
गुल्मीमा आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब राजश्व संकलन
kolenika gulmi
गुल्मी- गुल्मीमा स्थानीय तहको आन्तरिक आय बाहेक आर्थिक वर्ष २०७८/०७९ मा संघ र प्रदेश गरि करिब एक अर्ब राजश्व संकलन भएको छ । संघ सरकारको बजेट अन्तरगत कुल ८३ करोड २७ लाख ५१ हजार २७८ रुपैयाँ राजश्व आम्दानी भएको कोष तथा लेका निरीक्षक कार्यालयका प्रमुख छविन्द्र बेलबासेले जानकारी दिनुभयाे । त्यस्तै प्रदेश सरकार मार्फत निकासी हुने बजेट मार्फत १० करोड ९३ लाख ८३ हजार ७९५ रुपैयाँ १४ पैसा संकलन भएको उहाँले बताउनुभयाे । जिल्लामा कुल ९४ करोड २१ लख ३५ हजार ७६ रुपैयाँ ३० पैसा राजश्व संकलन भएको छ । कोष तथा लेखा निरीक्षकको कार्यालय मार्फत जम्मा हुने राजश्व पालिका लगायतका विभिन्न सरकारी कार्यालयमा निकासी हुने विशेष अनुदान, समपुरक बजेट र ससर्त अनुदान बजेट समेत पर्ने गरेको बताईन्छ । करदाता सेवा कार्यालयमा जम्मा हुने राजश्व विभिन्न प्रकारको कर हो । कोष तथा लेखा निरीक्षकको कार्यालयमा रकामान्तर भएको कुल रकम मध्ये करदाता सेवा कार्यालयमा ३२ करोड ३१ लख ३२ हजार २६६ रुपैयाँ ६७ पैसा राजश्व संकलन भएको करदाता सेवा कार्यालय गुल्मीकी प्रमुख जमुना गिरिले जानकारी दिनुभयाे । उहाँले गत वर्षको तुलनामा झण्डै १० करोड वृद्धी भएकाे बताउनुभयाे । उहाँले ‘गत वर्ष २३ करोड १६ लाख ३७ हजार ७२२ रुपैयाँ राजश्व संकलन भएको थियो । त्यसको तुलनामा यस बर्ष ९ करोड ७४ लाख ९४ हजार ५४४ रुपैयाँ ५ पैसा राजश्वमा बृद्धि भएकोछ ।’ भन्नुभयाे । कोष तथा लेखा निरीक्षक कार्यालयका लेखाधिकृत लालमणि भण्डारीका अनुसार करदाता सेवा कार्यालयपछि दोश्रो ठुला राजश्व रकम जिल्ला प्रशासन कार्यालयमा ३ करोड ८० लाख ७ हजार ७४२ रुपैयाँ अशुली भएको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास कार्यालयले ४१ लाख ९९ हजार ५७० रुपैयाँ राजश्व अशुल गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update