Erani Mahal
तानसेनकाे 'सन्ताेष चलचित्र हल' स्तरउन्नतिपछि संचालन हुने
66m1-1140x633
पाल्पा - पाल्पाकाे तानसेनमा रहेको पुरानाे चलचित्र हल पुन संचालनमा आउने भएकाे छ । तानसेनकाे विशालबजारमा रहेकाे ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउने संचालनकले बताएका छन् । जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारीले ०७६ को चैतदेखि बन्द भएकाे थियाे । हलका सञ्चालक सर्जुमान लिगलले हलकाे मर्मत तथा स्तरोन्नति गरेपछि संचालन गरिने बताउनुभयाे । हल पहिलेकै अवस्थामा चल्ने अवस्था नरहेका कारण दर्शक तान्न केही आरामदायी र सुबिधायुक्त बनाउने काम भइरहेकाे छ । स्तरउन्नति गरेपछि हल संचालनमा आउने लिगलले जानकारी दिनुभयाे । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन शुरूवात गर्नुभएकाे थियाे । त्यतिबेला दिउँसो पढाइ हुने स्कूलमा साँझको समय चलचित्र चल्थ्यो । उक्त समय नेपाली चलचित्रहरू भने विरलै आउँथ्यो । ३० को दशकदेखि विशालबजारमा ‘सन्तोष चलचित्र मन्दिर’ सञ्चालनमा आएको हो । ‘कान्छी’, ‘सिन्दुर’लगायतका थुप्रै चलचित्रहरू यस हलमा महिना दिनभन्दा बढी चलेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update