Erani Mahal
तानसेनको बसपार्कमा  खुल्याे ‘सुपथ पसल’
su
पाल्पा- जिल्लाकाे तानसेनको बसपार्कमा ‘तानसेन सुपथ पसल’ खुलेको छ । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सुपथ पसल सञ्चालन गरिएकाे हो । स्थानीय सहकारी संञ्जालले सुपथ पसल सञ्चालनमा ल्याएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले सुपथ पसलको उद्घाटन गर्नुभएको छ । उहाँले बजारको मूल्यमा एकरुपतामा ल्याउन प्रविधिकाे प्रयाेग गर्नुपनर्ने तथा स्थानीय वस्तुहरूकाे बिक्रि वितरणा गर्नुपर्ने बताउनुभयाे । उहाँले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा थप गर्दै सहकारी सञ्जालले उपभाेक्तालाइ सेवा गनुपर्ने बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले तानसेनकाे मुख्य केन्द्र बसपार्कमा सुपथ मूल्यमा सामाग्री खरीद गर्न पाउने भएपछि उपभाेक्ता प्रत्यक्ष लाभान्वित बन्ने बताउनुभयाे । उहाँले चुनाैतीका बीच सुरू गरिएकाे सुपथ पसल जंकफूडकाे स्टाेर बन्न नहुने बताउनुभयाे । तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तुहरू प्रविधिकाे प्रयाेग गरि बिक्री गरिने र मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिएर पसल सञ्चालनमा रहने बताउनुभयाे । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । सुपथ पसलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरु बिक्रीमा राखिने बताइएकाे छ । सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराईएको छ । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update