Erani Mahal
रोटरी क्लव अफ पाल्पा लुम्बिनीको पाँचौ पदस्थापन कार्यक्रम
IMG_8601
पल्पा– रोटरी क्लव अफ पाल्पा लुम्बिनीको पाँचौ पदस्थापन कार्यक्रम साउन १ गते भएको छ । क्लव पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा प्रसिडेन्ट खड्ग ब. जिरेलले रोटरी बर्ष २०२२÷०२३ को योजना प्रस्तुत गर्दै सामाजिक कार्यलाई निरन्तरता दिने र क्लबको उचाई अझ बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सामाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधी सामाजिक रुपन्तरण गर्न महत्वपुर्ण भूमिका खेल्न सकिने क्लवका चार्टर प्रेसिडेन्ट गोपाल ब. पोखरेलले बताउनु भयो । विभिन्न क्षेत्रमा रहेका समसामयिक चुनौती तथा अवसरलाई आआफ्नो ठाँउबाट हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पुरा गर्न सकिने विश्वास क्लवका इमिडियट पास्ट प्रेसिडेन्ट तारा रायमाझी पोखरेलले ब्यक्त गर्नुभयो । यस क्षेत्रमा भएका सामाजिक कार्यलाई पूरा गर्नका लागि क्लबसंग हातेमालो गर्नका लागि तत्पर रहेको तानसेन नगरपालिकाका नगरप्रमुख तथा यस क्लवका पास्ट प्रेसिडेन्ट रो. सन्तोषलाल श्रेष्ठले आफना भनाइ सहित बताउनु भयो । यस क्लवका असिस्टेण्ट गर्भनर मोहन प्रसाद श्रेष्ठले क्लवले छोटो समयमा नै धेरै सामाजिक क्षेत्रमा सराहनिय कार्य गरेको र आगामी दिनमा पनि क्लवको योजाना अनुसार समयमा नै कार्य सम्पादन गर्न शुभकामना ब्यक्त गर्नुभयो । त्रिभुवन बहुमुखी क्यापसका प्रमुख टंक प्रसाद भट्राईले क्लवले गरेका कृयाकलापबाट समाजमा परिवर्तन सम्भव देखिएको बतउनु भयो । कार्यक्रममा उपस्थित अन्य विशिष्ट अथिति तथा अथितिहरुले शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमूख अतिथि RID 3292, DGE राजेन्द्र प्रसाद ध्वजुले क्लवले अघि सारेका योजनाहरुलाई समयमा नै सम्पन्न गर्न र आवश्यक सहयोग डिष्ट्रिकबाट गर्ने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्नु भयो । तानसेन नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष तथा यस क्लवका प्रेसिडेण्ट नोमिनी प्रदिप खनालको स्वागत मन्तव्य सहित कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा प्रमूख अथिति RID 3292, DGE राजेन्द्र प्रसाद ध्वजु, बिशिष्ट अथितिहरु, तानसेन नगरपालिकाका नगरप्रमूख रो. सन्तोष लाल श्रेष्ठ, RID 3292, Zone-28 AG मोहन प्रसाद श्रेष्ठ, RID 3292, Public Image Co-Chair राज कुमार गुप्ता, RID 3292, Region-V, Public Image Chair मनिष भट्टाराई, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्राई, लुम्बिनी मेडिकल कलेजका संचालक, प्रचार्य, सहप्रचार्य साथै विशिष्ट व्यक्तिहरु, अथितिहरु विभिन्न क्लबका अध्यक्षहरु, रोटरीयन, रोटयाक्टरहरु लगायतको उपस्थिति रहेको कार्यक्रम रोटरी क्लव अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट इलेट रमेश न्यौपाने र रोटरी वर्ष २०२२/०२३ का सचिव रो. मुक्तिराम भुसालबाट संयुक्त रुपमा संचालन भएको क्लब पब्लिक इमेजका डाइरेक्टर रो. भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update