Erani Mahal
लुम्बिनी मेडिकल कलेजका कर्मचारीले महिनौं हुँदा समेत तलब पाएनन्
lmc-img-60
पाल्पा– जिल्लाको लुम्बिनी मेडिकल कलेज प्रभासका कर्मचारीहरुले महिनौ हुँदा समेत तलब नपाएको गुनासो गरेका छन । लुम्बिनी मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले गत २०७८ चैत्र देखि कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन । उनीहरुका अनुसार विगत एक वर्षदेखि अस्पतालले सञ्चयकोष समेत जम्मा गरिदिएको छैन । मंहगीको मारमा परेको बेला विगत ४/५ महिनादेखि तलब नपाउँदा घरपरिवार र बालबालिकाको दैनिकीमा समस्या आएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । अस्पतालका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीहरुलाई समयमै तलब दिन नसकेको बताउनुभएको छ । उहाँले स्वास्थ्य बिमा उपचार बापतको भुक्तानी नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिँदा अस्पताल धरासयी बन्ने अवस्थामा पुगेको छ, कर्मचारीहरुलाई समयमै तलब खुवाउन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ अध्यक्ष पोखरेलले भन्नुभयोे । सरकारले अस्पतालहरुलाई बिमामार्फत उपचार गर्न लगाएर रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा समेत बन्द गर्नु परेको पनि उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update