Erani Mahal
तानसेन खानेपानी आयोजनाको काममा किन ढिलाई ?
pania (1)
पाल्पा–तानसेन लिफ्टिङ् खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । पहिलो चरणमा निर्माण गरेको इनारबाट स्टमेट अनुसार पानी पम्पिङ् हुन नसकेपछि दोस्रो चरणको कामले खानेपानी आयोजना सम्पन्न गर्न ढिलाई भएको हो । पहिलो चरण अन्तर्गतको तानसेन–१३ बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ् गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो । तर पहिलो चरणमा निर्माण गरेको इनारबाट स्टमेट गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढाउँदा तानसेनबासीले कालीगण्डकीको पानी पिउन पाएका छैनन् । सात महिनाअघि छ वटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाईमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याइएको थियो । तर उक्त स्थानबाट पानी धमिलो आएको र स्टमेट अनुसार पानी नझरेको प्राविधिकको भनाई छ । पहिलो चरणको इनारबाट प्रतिसेकेन्ड ३६ लिटर पानी नझरेकाले दोस्रो चरणमा २०७७ माघ २९ गते पुन इनार र फिल्टर गर्ने ट्याङ्की बनाउन ठेक्का भएको थियो । पहिलो चरणमा कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी आएपछि पर्याप्त पानी नआएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताउनुभयो । दोस्रो चरणको काममा समेत ठेकेदारले मुहानमा फिल्टर ट्याङ्की, पम्पिङ् गर्ने ट्याङ्की बनाउन ढिलाई गरिरहेको छ उहाँले भन्नुभयो । दोस्रो चरणको काम गर्न भिमेश्वर राजेश्वरी र जिएस जेभीले दुई वर्षअघि छ करोड २८ लाख ९३ हजारमा ठेक्का लिएको थियो । तर म्यादभित्र काम नसकेपछि दोस्रो पटक आगामी २०७९ कात्तिक ८ गतेसम्ममा काम सक्ने गरी म्याद थप गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका सब इन्जिनियर योगेन्द्र यादवले बताउनुभयो । उहाँले दोस्रो चरण अन्तर्गतको काममा पानी प्रशोधन ट्याङ्की र रिजर्भ ट्याङ्की बनाएर ८० प्रतिशत काम सकिएको बताउनुभयो । पहिलो चरणमा छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस र मान्छे कुर्ने घर निर्माणको काम सकिएको छ । यस्तै पाइप बिस्तार, विद्युत् बिस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न रमन मृत सञ्जीवनी जेभी, काठमाडौँसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो । महत्वाकांक्षी आयोजनाको रुपमा रहेको तानसेन खानेपानी आयोजनाका सङ्घीय सरकारको ९० प्रतिशत र तानसेनका उपभोक्ताको १० प्रतिशत लगानी छ । तानसेनको ५० हजार जनसङ्ख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गर्न कालीगण्डकीबाट लिफ्टिङ् गरेर तानसेमा पानी ल्याउने योजना अघि बढाइएको थियो । अहिले तानसेनमा खानेपानीको अभावका कारण सातामा एक दिन मात्र उपभोक्ताको घरमा धारा आउने गरेको छ । नेपाल सरकारले तानसेनलाई सुख्खा क्षेत्र घोषणा गरेर बजेट तथा योजना छनौट गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update