Erani Mahal
पाल्पामा अपरिचित व्यक्तिद्वारा लुटपाट
2-545
पाल्पा – जिल्लाको तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद २० लाख रुपैयाँ चोरी गरेका हुन् । प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए । सोहीबेला पन्थ समेत दुई जनालाई अन्दाजी ७/८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए । कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update