Erani Mahal
आज साउनको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भिड
mandir
पाल्पा– आज साउनको पहिलो सोमबार पाल्पाको सिद्धबाबा, बोलबम धाम, मुक्तिधाम लगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । यस वर्ष साउनमा पाँच सोमबार परेको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update