Erani Mahal
हराएको मोटरसाइकल सवारीधनीलाई बुझाइयो
293350414_351435513827620_5396722285391714930_n
पाल्पा–जिल्ला प्रहरी कार्यालय पाल्पाले बगनासकाली गाउँपालिका–४ धुर्सेनी स्थित सिद्धार्थ राजमार्गको सडक छेउमा बेवारीसे अवस्थामा फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाएको छ । गण्डकीको पोखराबाट हराएको ग २३ प १५४७ नम्बरको मोटरसाइकल पाल्पाको बगनासकाली–४, धुसेनीमा फेला परेको थियो । फेला परेकोमा मोटरसाइकल सवारीधनी पोखरा महानगरपालिका–१७ का २३ वर्षीय मिलन बुढामगरको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले चोरी भएको मोटरसाइकल फेला पारेर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरिएको बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update