Erani Mahal
पाल्पामा अबैध रुपमा ढुङ्गा तथा गिट्टी चोरी गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
293469359_352012723769899_9162089554796648610_n
पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौलीमा अबैध रुपमा ढुङ्गा तथा गिट्टी चोरी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिका–३, खस्यौलीमा गिट्टी र ढुङ्गा अबैध रुपमा चोरी निकासी गरिरहेको बेला ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हार्थोक प्रहरीले गस्ती गर्ने क्रममा लु ४ त ३५५५ र लु ४ त ८२९५ नम्बरको ट्याक्टरले अबैध रुपमा गिट्टी मिसकट र ढुङ्गा ओसार पोसार गरेको फेला परेको थियो । अबैध कार्यमा संलग्न ट्याक्टर र चालकलाई रिब्दीकोट गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update