Erani Mahal
सिद्धबाबा सुरुङमार्ग निर्माण असोजबाट सुरु हुने
surung-marga-222-1024x582
पाल्पा – सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भन्नुभयो, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइन गरेर दिन्छ । हामीले हेरेर स्वीकृत गछौं अनि निर्माणको काम सुरु हुन्छ । हाम्रो अनुमानअनुसार सुरुङमार्गको निर्माण दसैंको आसपासमा हुनेछ ।” सुरुङ दुई लेनको र १२ सय मिटरको हुनेछ । ३ वटा आकाशमिक सुरुङमार्ग निर्माण हुनेछ । एक मुख्य र ३ वटा बाइपास सुरुङमार्ग निर्माण हुने सडक विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update