Erani Mahal
के हो सामाजिक सञ्जालमा भाइरल ‘नैरोबी फ्लाई’, यसबाट बच्न के गर्ने ?
received_5196546417065034-1024x621
पछिल्लो समय एक किरा (नैरोबी फ्लाई) को तस्बिर सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । Nairobi Fly Alert: बारे समाजिक संजालमा धेरै दिन अघिदेखी एउटा किरा जस्को कारणले धेरै बिरामी भई रहेको खबरले मानिसहरु बीच भय सृजना भैरहेको छ। जून किराको सम्पर्कमा आउँदा शरीरमा घाउँ हुने पोल्ने समस्याहरु देखा परिरहेको छ। नैरोबी फ्लाईको बारेमा जानकारी लिने प्रयासमा मानिसहरुले विभिन्न प्रश्नहरु गरिरहेका छन् । यो किराले टोक्छ वा चिल्छ ? यसको औषधि छ वा छैन भन्ने बारे मानिसहरुले जान्न खोजिरहेको देखिन्छ । मानिसहरुमा भय सृजना गराइरहेको यो किराको नाम ‘नाइरोबी फ्लाइ’ हो । यो किरा मूलत: अफ्रिकामा पाइने किरा हो । तर अहिले हाम्रो Indo-Nepal Border लगायत पहाड़ क्षेत्रहरुमा पनि सो किराले धेरै नै मानिसहरुलाई आतंकित बनाई रहेको छ। नैरोबी फ्लाई लेटोक्दैनन्, तर मानिस वा अन्य जीवको छालामा बस्दा यसलाई चलाएमा यो किराले एक शक्तिशाली रसायनिक पदार्थ छोड्छन् । जसको कारणले जल्ने, पोल्ने अथवा घाउ हुने गर्द छ । यसै कारण यसलाई ड्रेगन बग (Dragon bug) अनि एसिड बग (Acid bug) पनि भनिन्छ। यदि यो किरा मान्छेको शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टकटक्याउनू पर्छ र यसलाई चलाउनु वा छुनु हुँदैन। साधारण त यो झरीको बेला देखा पर्छ अनि रातको समयमा खिर्की दैलो असल प्रकारले बन्द नगर्दा पनि यो घरभित्र पसेर हाम्रो छालासित सम्पर्कमा आउने गर्दछ । हाल यो किराहरु सिक्किम, दार्जिङ, कालिम्पोङ, पेदोङ, सिलिगुडिका विभिन्न ठाउँहरुमा पनि देखिएको दाबी गरिएको छ। यो किराको सम्पर्कमा आएमा के गर्ने त? नसुर्ताउनुहोस यसको उपचार गर्न सकिन्छ, यदि तपाईले किराको सम्पर्कमा आएको लक्षणहरु पोल्ने, घाउ हुने लगायतको समस्या देखा परेमा नजिकै को स्वस्थ केन्द्रमा गई उपचार गराउन सक्नु हुनेछ। नैरोबी फ्लाई बाट बाच्ने केहि सुझावहरू: – अँध्यारो हुनु अघि सबै खिरकी र दैलोहरू बन्द गर्नुहोस्। – सके मच्छड़ दानी मुनि सुत्नुहोस्। – यदि तपाईंले आफ्नो छालामा एउटा घस्रिरहेको देख्नुभयो भने, यसलाई हाथले छुनुको सट्टा उडाउनुहोस्। तपाइँ यसलाई तपाइँको छालाबाट हटाउनको लागि कागजको टुक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ। – यदि तपाइले सो किरालाई छुई पठाउनु भए त्यस पछि तपाईको हाथले आँखा छुनबाट बाच्नु होस। आफ्नो हात र प्रभावित क्षेत्र तुरुन्तै पानी र साबुन ले धुनुहोस्। – सुत्नु अघि ओछ्यान वरपर सफा गर्नु होस। – घर र वरपर अतिरिक्त झर जंगल नराख्नु होस ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update